अफगानिस्तानले पाकिस्तानबाट गहुँ र आटा आयात पूर्णरुपमा बन्द गर्‍यो

केही समययता दुवै देशका सीमामा जारी तनावका कारण अफगानिस्तानले पाकिस्तानसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने बताएको थियो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Afghanistan completely stops wheat and flour imports from Pakistan

What you should know

काठमाडौँ — अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्ण रुपमा बन्द गरेको छ । १० वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट करिब ३० करोड डलर भन्दा बढीको आटा खरिद गरेको थियो । 

त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात विस्तारै कम गर्दै आएको थियो । अहिले भने पूर्ण रुपमा बन्द गरेको छ । 

केही समययता दुवै देशका सीमामा जारी तनावका कारण अफगानिस्तानले पाकिस्तानसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने बताएको थियो । अफगानिस्तानले आफ्ना व्यापारीहरुलाई पनि पाकिस्तानको साटो अन्य देशको विकल्प खोज्न निर्देशन दिएको छ । 

केही दशकयता अफगानिस्तान पाकिस्तानमार्फत सबैभन्दा बढी व्यापार गर्दै आइरहेको छ, जो उसको पूरै व्यापारको करिब आधा बराबर हो ।

अन्तर्राष्ट्रिय तथा एसियाली बजार निगरानी एजेन्सीहरुको तथ्यांक अनुसार २०१५ मा पाकिस्तानले अफगानिस्तानलाई ३२० मिलियन डलरको आटा निर्यात गरेको थियो । तर अब यसको दर शून्यमा पुगे

को छ । अफगानिस्तानले २०२४ मा उज्बेकिस्तान, कजाकिस्तान र रुसबाट करिब ६८९ मिलियन डलरको गहुँ र आटा खरिद गरेको थियो । 

कान्तिपुर

Link copied successfully