श्रीनगरको प्रहरी चौकीमा विष्फोट, इन्स्पेक्टरसहित १० जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Blast at Srinagar police station, 10 killed including inspector

काठमाडौँ — फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ । 

विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ । 

विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र तहसीलदारसहित ५० जना रहेको बताइएको छ । प्रहरीका अनुसार २७ जना घाइते भएका छन् । जसमा २४ जना प्रहरी हुन् । पाँच जना घाइतेलाई सेनाको बेस अस्पतालमा भर्ना गरिएको छ । बाँकीलाई श्रीनगरकै अन्य अस्पतालहरुमा भर्ना गरिएको छ । 

प्रहरीले यसलाई आतंकवादी आक्रमण नभइ दुर्घटना भएको बताएको छ । दिल्ली विष्फोटसँग जोडिएको जैश–ए–मोहम्मद र अंसार गजवात–उल–हिन्दसँग सम्बन्धित पक्राउ परेका चिकित्सहरुको गिरोहबाट फरिदाबादमा बरामद गरिएको अमोनियम नाइट्रेडमा विष्फोट भएको बताइएको छ ।

फरिदाबादमा पक्राउ परेकाहरु डा मुजम्मिलको घरबाट ३६० किलो अमोनियम नाइट्रेडको केही भाग एफएसएलले परीक्षणका लागि ल्याबमा ल्याएको थियो । बाँकी नौगाम चौकीको गोदाममा राखिएको थियो ।

कान्तिपुर

Link copied successfully