बिहारमा मतगणना जारी, १ सय ८० भन्दा धेरै सिटमा एनडिएको अग्रता 

६ र ११ नोभेम्बरमा दुई चरणमा कुल २ सय ४३ सिटमा प्रतिस्पर्धा भएको थियो ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Counting of votes continues in Bihar, ND leads in over 180 seats

काठमाडौँ — बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार १ सय ८० भन्दा धेरै सिटमा एनडिए गठबन्धनले अग्रता बनाएको छ । गठबन्धनका घटकमध्ये भारतीय जनता पार्टी (भाजपा) ८३, जनता दल युनाइटेड (जदयू) ७९ र लोक जनशक्ति पार्टी राम विलासले २२ स्थानमा अग्रता बनाएका छन् । 

महागठबन्धनले ४९ स्थानमा अग्रता बनाएको छ । यस गठबन्धनका मुख्य घटक राष्ट्रिय जनता पार्टी (राजद) ३२ , कंग्रेस ६ र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी ) ६ स्थानमा अघि छन् । 

स्थानीय समयअनुसार बिहान ८ बजे मतगणना भएको हो ।  ६ र ११ नोभेम्बरमा दुई चरणमा  कुल २ सय ४३ सिटमा प्रतिस्पर्धा भएको थियो । 

निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ । भारतको स्वतन्त्रतायता बिहार राज्यमा भएका कुनै पनि निर्वाचनमा यति धेरै मत खसेको यो पहिलोपटक हो ।

निर्वाचनमा पुरुषको दाँजोमा महिलाले धेरै मतदान गरेका छन् । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरुषको छ ।

कान्तिपुर

Link copied successfully