बिहारमा मतगणना सुरु

निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको थियो

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Counting of votes begins in Bihar

एजेन्सी — बिहार विधानसभा निर्वाचन २०२५ को मतगणना स्थानीय समयअनुसार बिहान ८ बजे सुरु भएको छ । यसअघि ६ र ११ नोभेम्बरमा गरेर कुल २ सय ४३ सिटमा प्रतिस्पर्धा भएको थियो । 

 निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ । भारतको स्वतन्त्रतायता बिहार राज्यमा भएका कुनै पनि निर्वाचनमा यति धेरै मत खसेको यो पहिलोपटक हो ।

निर्वाचनमा पुरुषको दाँजोमा महिलाले धेरै मतदान गरेका छन् । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरुषको छ ।

यस निर्वाचनमा मतदान प्रक्रिया निकै सरल र व्यवस्थित रहेको तथा सुरक्षा व्यवस्था कडा रहेको स्वतन्त्र पर्यवेक्षकहरुले बताएका छन् ।

कान्तिपुर

Link copied successfully