बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति नदिने

‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह गरेका थिए भन्ने देखिएको छ,’ बीबीसीले गल्ती स्विकार्दै भनेको छ,

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

BBC apologizes to Trump, won't pay compensation

एजेन्सी — बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो । 

बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह गरेका थिए भन्ने देखिएको छ ।’

तर, क्षतिपुर्तिको ट्रम्पको माग अस्विकार गरेको छ । ट्रम्पका वकिलहरुले यसअघि नै बीबीसीलाई १ बिलियन अमेरिकी डलरको मुद्दा चलाउने धम्की दिएका थिए ।

यस प्रकरणपछि बीबीसीका महाप्रबन्धक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत आइतबार राजीनामा दिएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully