टर्किस सी–१३० विमान दुर्घटनामा २० सैनिकको मृत्यु

अजरबैजानबाट टर्की जान लागेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनाग्रस्त हुँदा सबै २० सैनिकको मृत्यु भएको छ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

20 soldiers killed in Turkish C-130 plane crash

एजेन्सी — अजरबैजानबाट देशका लागि उडेको विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनामा पर्यो‍, टर्कीका रक्षामन्त्री यासर गुलेरले एक्समा लेखेका छन् ।

अजरबैजान–जर्जियाको सीमाक्षेत्र नजिक दुर्घटनामा परेको टर्किस सेनाको सी–१३० हर्कुलस कार्गो विमानमा सवार सबै २० सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । यो विमान अजरबैजानबाट टर्की जाने क्रममा दुर्घटनामा परेको हो । 

‘हाम्रा नायक कमाण्डरहरु ११ नोभेम्बर २०२५ मा सहिद भएका छन् । जब अजरबैजानबाट देशका लागि उडेको विमान जर्जिया–अजरबैजान सीमाक्षेत्रमा दुर्घटनामा पर्यो‍, टर्कीका रक्षामन्त्री यासर गुलेरले एक्समा लेखेका छन् । उनले दुर्घटनामा मृत्यु भएकाहरुको तस्विर पनि यस सन्देशसँगै अपलोड गरेका छन् । 

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले टर्किस राष्ट्रपति तैयप इर्दोगानलाई सन्देश पठाउँदै यस घटनाले आफु दुखित भएको बताएका छन् । टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले पनि एक्समार्फत दुख व्यक्त गरेका छन् । सी–१३० अमेरिकामा बनेको कार्गो विमान हो । यसलाई विश्वका विभिन्न देशका सैनिकले सामाग्री ढुवानीका लागि प्रयोग गर्दै आएका छन् । 

कान्तिपुर

Link copied successfully