दिल्लीपछि इस्लामाबादमा विस्फोट : कम्तीमा १२ जनाको मृत्यु

आक्रमणकारी अदालत भवनबाहिर झन्डै १२ मिनेट बसेका थिए । पहिले उनी भवनभित्र छिर्न खोजेका थिए । तर पछि प्रहरी भ्यानलाई लक्षित गरी आक्रमणको प्रयास गरे पनि असफल भएको स्थानीय प्रहरीको भनाइ छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

After Delhi, blast in Islamabad: At least 12 killed

काठमाडौँ — भारतीय राजधानी नयाँदिल्लीमा कार विस्फोटको घटनापछि पाकिस्तानको राजधानी इस्लामाबादमा बुधबार दिउँसो विस्फोट भएको हो । इस्लामाबादको सेक्टर जी-११ क्षेत्रमा मंगलबार आत्मघाती विस्फोट गराइएको हो ।

पाकिस्तानी मिडिया डनका अनुसार इस्लामाबादको जिल्ला र सेसन अदालतबाहिर विस्फोट भएको हो । विस्फोटमा २७ जना घाइते भएको डनले जनाएको छ ।

डनका अनुसार आक्रमणकारी अदालत भवनबाहिर झन्डै १२ मिनेट बसेका थिए । पहिले उनी भवनभित्र छिर्न खोजेका थिए । तर पछि प्रहरी भ्यानलाई लक्षित गरी आक्रमणको प्रयास गरे पनि असफल भएको स्थानीय प्रहरीको भनाइ छ । 

सोमबार साँझ नयाँदिल्लीको लालकिल्लानजिकै कार विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको थियो । 

कान्तिपुर

Link copied successfully