रुसको हमलामा कम्तीमा १० युक्रेनीको मृत्यु

युक्रेनी सेनाकाअनुसार आकाश, जमिन तथा समुद्रबाट ठूलो संख्या ड्रोन तथा मिसाइलमार्फत हमला भएको थियो ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

At least 10 Ukrainians killed in Russian attack

What you should know

काठमाडौँ — रुसले युक्रेनमा गरेको हवाई हमलामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । यसक्रममा युक्रेनको ग्यास तथा विद्युत् पूर्वाधारहरुमा ठूलो क्षति पुगेको सेनाले जनाएको छ । जसकारण, युक्रेनका धेरै स्थानमा विद्युत् कटौती भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार रुसले शुक्रबार राति देशभर हमला गरेको हो ।

युक्रेनी सेनाकाअनुसार आकाश, जमिन तथा समुद्रबाट ठूलो संख्या ड्रोन तथा मिसाइलमार्फत हमला भएको थियो ।

युक्रेनको एयरफोर्सले ५ सय ३ वटा हवाई हमलाको पहिचान गरिएको जनाएको छ । यसमा ४५ वटा मिसाइल र ४ सय ५८ ड्रोन समावेश छन् । त्यसमध्ये ९ वटा मिसाइललाई युक्रेनको सेनाले खसालेको छ । त्यस्तै ४ सय ६ वटा ड्रोनलाई रोक्न सफल भएको छ ।

झापोरिझिया क्षेत्रमा ३ मानिसको मृत्यु भएको र ६ जना घाइते भएको गर्भनर इभान फोडोरोभले जानकारी दिए । यहाँ धेरै जिल्लाहरुमा निजी घरमा समेत आक्रमण भएको छ । डोनेट्स्कमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने बालबालिकासहित ११ जना घाइते छन् । किभका गर्भनर माइकोला कालासनिकका अनुसार भाइस्होराड जिल्लामा एक महिला घाइते भएकी छिन् । यहाँ निजी घर तथा उर्जा पूर्वाधारमा क्षति पुगेको छ । 

स्थानीय अधिकारीहरुका अनुसार निप्रो क्षेत्रमा दुईजनाको मृत्यु र बालबालिकासहित ११ जना घाइते भएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता रुस–युक्रेनलाई वार्ताको टेबुलमा ल्याउने प्रयास गर्दै आएका छन् । तर, दुई देशबीचको अविश्वासले उनको मध्यस्थता सफल हुन सकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully