भियतनाममा आँधीले ३ को मृत्यु, फिलिपिन्समा मृतक संख्या ११४ पुग्यो

तुफानको सम्भावित खतरा ध्यानमा राखेर भियतनामले आवश्यक पूर्वतयारी गरेको थियो । उसले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Typhoon kills 3 in Vietnam, death toll in Philippines reaches 114

काठमाडौँ —  यस वर्षका घातक आँधीमध्ये एक ‘टाइफुन काल्मायगी’ ले भियनताममा कम्तीमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै दसौँ हजार मानिस यस आँधीबाट प्रभावित भएका छन् । सेन्ट्रल भियतनाममा बिहीबार यो तुफान १ सय ४९ किलोमिटर प्रतिघण्टाको तीव्रतामा थियो ।

तुफानको सम्भावित खतरा ध्यानमा राखेर भियतनामले आवश्यक पूर्वतयारी गरेको थियो । उसले झन्डै २ लाख ६० हजार सैनिक, ६७ सय गाडी र ६ वटा विमान उद्धार तथा राहतका लागि परिचालन गरेको छ ।

आँधीको सबैभन्दा ठूलो प्रभाव डाक लाक प्रान्तमा परेको छ । यो प्रान्त राजधानी होचि मिन्ह सहरबाट ३ सय ५० किलोमिटर टाढा छ । यहाँबाट प्रभावितहरूलाई विमान तथा एक्सप्रेस वेमार्फत सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।

यस तुफानले केही दिनअघि फिलिपिन्समा विध्वंश मच्चाएको थियो ।  तुफान र बाढीबाट मर्नेको संख्या त्यहाँ १ सय १४ पुगेको छ । त्यस्तै, १ सय २० जना अझै बेपत्ता छन् । यहाँ ठूलो संख्यामा घरहरू क्षतिग्रत छन् ।  भियतनाबाट यो तुफान पश्चिम कम्डोबिया हुँदै लाओसतर्फ गएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully