दक्षिणी लेबनानमा इजरायलले गर्‍यो हवाई हमला

इजरायलले गत वर्षको युद्धविराम सम्झौता उल्लंघन गरेपछि लेबनान सरकार तथा हतियारधारी समूह हिजबुल्लाह दुवैले कडा निन्दा गरेका छन् ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Israel launches airstrikes in southern Lebanon

काठमाडौँ — दक्षिण लेबनानका विभिन्न स्थानमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा एकको मृत्यु र ९ जनाभन्दा बढी घाइते छन् । इजरायलले गत वर्षको युद्धविराम सम्झौता उल्लंघन गरेपछि लेबनान सरकार तथा हतियारधारी समूह हिजबुल्लाह दुवैले कडा निन्दा गरेका छन् ।

इजरायली सेनाले हिजबुल्लाहका सैन्य अखडाहरूलाई निशानामा पारिएको दाबी गरेको छ । गत वर्ष भएको युद्धविराम सम्झौताअनुसार आफूलाई निशस्त्रीकरण गर्न हिजबुल्लाहले अस्वीकार गरेको उसको दाबी छ ।

बिहीबार स्थानीय समयअनुसार ३ बजे दिउँसो इजरायलले हमला गरेको हो । झन्डै एक घण्टासम्म यो हमला चलेको थियो । ‘इजरायलले आज अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गर्दै विभिन्न ठाउँमा हमला गरेर अपराध गरेको छ । आतंक फैलाउने, निशाना बनाउने र सर्वसाधारणलाई बाध्य भएर विस्थापित गराउने अपराध गरेको छ,’ लेबनानी राष्ट्रपति जोसेफ अवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully