निर्वाचित भएको पहिलो दिन नेपाली रेष्टुरेन्टमा म:म खाए मम्दानीले

बुधबार मेयर निर्वाचित भएलगत्तै मम्दानी सो क्षेत्रकी सांसद् एओसीसँग न्यु योर्कको क्विन्सस्थित ज्याक्सन हाइट्समा अवस्थित लालीगुराँस बिस्ट्रो नामक नेपाली रेष्टुरेन्ट गएका थिए । 

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Mamdani ate at a Nepali restaurant on the first day of his election

काठमाडौँ — अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् ।

बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए,’ उनले लेखेका छन्, ‘तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’ 

Mamdani ate at a Nepali restaurant on the first day of his election सन् २००८ मा खुलेको सो रेस्टुरेन्ट नेपाली बाहुल्य क्षेत्र ज्याक्सन हाइट्समा नेपाली समुदायमाझ चर्चित छ । आफ्नो चुनाव प्रचार अभियानका क्रममा पनि मम्मदानी र एओसी दुवैले न्यु योर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामा पोस्ट गर्ने गरेका थिए । 

Mamdani ate at a Nepali restaurant on the first day of his election

कान्तिपुर

Link copied successfully