बेलायतमा रेलभित्रै छुरा प्रहार : दुई जना पक्राउ

अस्पताल पुर्‍याइएका दस जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले सीएनएनले जनाएको छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Two arrested in stabbing incident on train in UK

काठमाडौँ — बेलायतमा रेलभित्रका यात्रुलाई छुरा प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । छुरा प्रहारबाट १० जना घाइते भएका छन् ।

अस्पताल पुर्‍याइएका तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले सीएनएनले जनाएको छ । 

शनिबार राति भएको छुरा प्रहारको यो घटनाको बोल्दै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले एकदमै चिन्ताजनक घटना भएको बताएका छन् ।

बेलायतको उत्तरी सहर डनकास्टरबाट किंग्सक्रस जाँदै गेको रेलमा यो घटना भएको थियो । घटनास्थलका प्रत्यक्षदर्शीको भनाई उल्लेख गर्दै अलजजिराले लेखेको छ, 'एउटा मान्छे ठूलो खालको चक्कु बोकेर आएको थियो । घटनापछि म वासरुममा लुकेँ । त्यहाँ रगतै रगत लत्पत्तिएको थियो ।'

केही यात्रुहरूले भने बेलायती सञ्चारमाध्यम दि टाइम्सलाई बताएअनुसार आक्रमणकारीहरूले एक पछि अर्को गर्दै यात्रुहरूलाई आक्रमण गरेका थिए । 

कान्तिपुर

Link copied successfully