बेलायतमा रेलभित्रै छुरा प्रहार, ९ गम्भीर घाइते

प्रहरीका अनुसार घटनामा घाइते भएका १० जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Nine seriously injured in stabbing attack on train in UK

काठमाडौँ — बेलायतमा रेलभित्रका यात्रुलाई छुरा प्रहार हुँदा ९ जना गम्भीर घाइते भएका छन् । शनिबार राति भएको यो घटनाको बोल्दै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले एकदमै चिन्ताजनक घटना भएको बताएका छन् ।

बेलायतको उत्तरी सहर डनकास्टरबाट किंग्सक्रस जाँदै गेको रेलमा यो घटना भएको थियो । प्रहरीका अनुसार घटनामा घाइते भएका १० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । 

घटनास्थलका प्रत्यक्षदर्शीको भनाई उल्लेख गर्दै अलजजिराले लेखेको छ, 'एउटा मान्छे ठूलो खालको चक्कु बोकेर आएको थियो । घटनापछि म वासरुममा लुकेँ । त्यहाँ रगतै रगत लत्पत्तिएको थियो ।'

केही यात्रुहरूले भने बेलायती सञ्चारमाध्यम दी टाइम्सलाई बताएअनुसार आक्रमणकारीहरूले एक पछि अर्को गर्दै यात्रुहरूलाई आक्रमण गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully