पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम सम्झौता कायमै राख्ने सहमति

टर्की र अफगानिस्तान–पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै युद्धविराम सम्झौता यथावत् रहने र आगामी ६ नोभेम्बरमा इन्स्तानबुलमा थप वार्ता हुने जनाएका छन्।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Pakistan, Afghanistan agree to maintain ceasefire agreement

काठमाडौँ — पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम सम्झौता कायमै राख्ने सहमति बनेको छ। टर्की र कतारको मध्यस्थतामा एक सातादेखि विभिन्न चरणमा भइरहेको वार्ताका क्रममा शुक्रबार यस्तो सहमति हासिल भएको हो।

वार्ता आयोजक टर्की र अफगानिस्तान–पाकिस्तानले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै युद्धविराम सम्झौता कायमै रहने जनाएका छन्। सहमति कार्यान्वयनका थप मोडालिटीबारे थप छलफल र बहस हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। दुई देशबीच इस्लानबुलमा फेरि ६ नोभेम्बरमा वार्ता हुनेछ।

सीमा विवादले निम्त्याएको तनावपछि यसै महिना दुई देशका सैनिक एकअर्काविरुद्ध आक्रमणमा उत्रिएका थिए। त्यसयता टर्की र कतारले मिलेर दुई देशबीच मध्यस्थता गर्दै आएका छन्।

पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर अन्द्रावीले ६ नोभेम्बरमा हुने छलफलबाट सकारात्मक परिणाम आउने आशा व्यक्त गरेका छन्। उनले भने, 'वार्ता प्रक्रियामा पाकिस्तान संलग्न भइरहनेछ र ६ नोभेम्बरको छलफलबाट सकारात्मक परिणाम आउने हाम्रो आशा छ।'

कान्तिपुर

Link copied successfully