बिहार चुनाव : सरकारी जागिरका ठूला वाचा, कसले मार्ला बाजी ?

राजद-कांग्रेसलगायतका दल सम्मिलित महागठबन्धनको चुनावी वाचा : हरेक घरका १ जनालाई जागिर, एनडीएको काउन्टर : हामी दिन्छौँ १ करोड युवालाई रोजगारी

कार्तिक १४, २०८२

एजेन्सी

Bihar elections: Big promises of government jobs, who will win the bet?

What you should know

काठमाडौँ — बिहारमा भाजपा नेतृत्वको सत्तारुढ गठबन्धन नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले आसन्न विधानसभा निर्वाचनका लागि आफ्नो संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजद-कांग्रेसलगायतका दल सम्मिलित महागठबन्धनको चुनावी वाचालाई काउन्टर दिँदै एनडीएले पनि एक करोड युवालाई रोजगारी दिने घोषणा गरेको छ ।

बिहारको हरेक चुनावमा रोजगारी प्रमुख मुद्दा बन्ने गरेको छ । त्यस्तै एनडीएले १ करोड महिला उद्यमीलाई लखपति बनाउने, चार प्रमुख सहरमा मेट्रो रेल विकास गर्ने र राज्यभित्र सातवटा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । 

पटनामा मुख्यमन्त्री नीतीश कुमार, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीद्वय हिन्दुस्तान अवाम मोर्चाका प्रमुख जितनराम माझी र लोकजनशक्ति पार्टी (रामविलास) का प्रमुख चिराग पासवान र राष्ट्रिय लोक मोर्चाका प्रमुख उपेन्द्र कुशवाहाले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भाजपा बिहारका अध्यक्ष दिलिप जैसवालले चुनावी घोषणापत्र प्रधानमन्त्री नरेन्द्र मोदीको सुनिश्चितता र मुख्यमन्त्री नीतीश कुमारको भरोसमा तयार भएको बताए । 

बिहारमा आगामी नोभेम्बर ६ र ११ गरी दुई चरणमा चुनाव हुँदैछ । मंगलबारमात्रै राजद र कांग्रेस नेतृत्वको महागठबन्धनले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । यसलाई ‘तेजश्वी का प्राण’ नाम दिइएको छ ।

Bihar elections: Big promises of government jobs, who will win the bet?राजद नेता तेजस्वी यादवलाई महागठबन्धनले नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । महागठबन्धनको चुनावी घोषणापत्रमा ‘नयाँ सरकार बनेको २० दिनभित्रै हरेक परिवारका कम्तीमा एक सदस्यलाई जागिर सुनिश्चित गर्ने कानुन बनाइने’ उल्लेख छ । हरेक परिवारलाई २ सय युनिट बिजुली नि:शुल्क दिइने र ‘माई बहिन मान योजना’ अन्तर्गत महिलाहरूले पाँच वर्षसम्म मासिक रूपमा २५ सय रुपैयाँ पाउने यस घोषणापत्रमा उल्लेख छ । यस निर्वाचनमा दुई गठबन्धन र प्रशान्त किशोर झा नेतृत्वको जनसुराज पार्टीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

अझ रोचक त के छ भने राजद र लालु यादव परिवारको निष्कासनमा परेका तेजप्रताप यादवसमेत जनशक्ति जनता दल खोलेर निर्वाचनमा होमिएका छन् । उनको दलले के कस्तो प्रभाव पार्ला त्यो भने चुनावी परिणामले नै बताउला । 

एजेन्सी

Link copied successfully