कोरियामा ट्रम्पले उप्काए भारत-पाकिस्तानको विवाद 

भारतमाथि आर्थिक नाकाबन्दी गर्ने धम्की दिएपछि मात्रै मोदीले ‘अपरेशन सिन्दुर’ बन्द गरेको ट्रम्पको दाबी

कार्तिक १३, २०८२

एजेन्सी

Trump provokes India-Pakistan dispute in Korea

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धम्कीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथिको हमला रोकेको दाबी दोहोर्‍याएका छन् । एपेक सीईओ सम्मेलनका दौरान दक्षिण कोरिया आएका ट्रम्पले यस्तो दाबी दोहोर्‍याएका हुन् । 

भारतमाथि आर्थिक नाकाबन्दी गर्ने धम्की दिएपछि मात्रै मोदीले ‘अपरेशन सिन्दुर’ बन्द गरेको उनको दाबी छ । उनले मोदीको प्रशंसा पनि गरे । ‘म भारतसाग व्यापार सम्झौता गर्दैछु । मोदीप्रति मेरो गहिरो सम्मान र प्रेम छ । हाम्रो निकै राम्रो सम्बन्ध छ । जसरी, पाकिस्तानका प्रधानमन्त्री राम्रा मानिस छन् ,’ उनले भने । 

दुई देशको भिडन्तका क्रममा सातवटा विमान झरेको पनि ट्रम्पले बताए । तर, कुन देशको विमान झरेको भनेर खुलाएनन् । ‘यी दुवै आणविक देश हुन् र उनीहरुको त्यसतर्फ गइरहेका थिए । मैले मोदीलाई फोन गरेर भनेँ, म तिमीसँग व्यापार सम्झौता गर्न सक्दिनँ । किनकि तिमीले पाकिस्तानसँग युद्ध सुरु गरेका छौं । त्यसपछि पाकिस्तानलाई फोन गरेर भनेँ , तिमीहरू भारतसँग लड्दैछौं । त्यसैले तिमीहरूसँग व्यापार गर्दिनँ ।’

ट्रम्पले थपे, ‘होइन.. तिमीले हामीलाई भिड्न दिनुपर्छ । उनीहरू दुवैले यस्तो भन्दै थिए ।’  बाइडेन प्रशासन भएको भए यस्तो गर्न नसक्ने समेत उनको भनाइ थियो ।  ‘तर, यसका दुई दिनपछि उनीहरुले भिडन्त बन्द गरे । के यो अनौठो छैन ? के तपाईंलाई लाग्छ बाइडेनले यस्तो गर्न सक्थे ? मलाई लाग्दैन...,’ ट्रम्पले थपे । 

एजेन्सी

Link copied successfully