टर्कीमा आप्रवासी सवार डुंगा दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

आप्रवासीहरु छोटो तर जोखिमपूर्ण यो सामुन्द्रिक मार्ग हुँदै ग्रीस छिर्ने प्रयासमा हु्न्छन् ।

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

At least 14 dead in migrant boat accident in Turkey

काठमाडौँ — आप्रवासी सवार डुंगा दुर्घटना हुँदा टर्कीको दक्षिण पश्चिम भागमा पर्ने बोड्रम पेनन्सुलास्थित समुन्द्रमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

घटनास्थल टर्कीको राजधानी अंकाराबाट स्थलमार्गमा कम्तीमा ७ सय ५० किलोमिटर दुरीमा पर्छ । मुग्ला राज्यमा पर्ने समुन्द्रमा भएको उक्त दुर्घटनामा केही यात्रुहरु भने पौडी खेलेर बाँच्न सफल भएको अल जजिराले जनाएको छ । 

बाँच्न सफल एक अफगान व्यक्तिले रबरको उक्त डुंगामा १८ यात्रु सवार रहेको र डुंगामा पानी पस्न थालेपछि उक्त दुर्घटना भएको बताएका छन् । खोज तथा उद्दार टोलीले डुंगा, हेलिकोप्टर र विशेष गोताखोर टोलीले घटनास्थलबाट कसैको जीवितै उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरेका थिए ।

गल्फन्यूजका अनुसार आप्रवासीहरु छोटो तर जोखिमपूर्ण यो सामुन्द्रिक मार्ग हुँदै ग्रीस छिर्ने प्रयासमा हुन्छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully