बिहीबार ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तापछि दुई राष्ट्रपतिबीच हंगेरीको राजधानी बुडापेस्टमा भेट निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। राष्ट्रपतिबीच हंगेरीको राजधानीमा भेटवार्ता हुने भएको हो ।
बिहीबार ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तापछि दुई राष्ट्रपतिबीच हंगेरीको राजधानी बुडापेस्टमा भेट निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। दुई साताभित्रै भेट हुने तय भए पनि मिति र समय सार्वजनिक गरिएको छैन।
सन् २०२२ देखि जारी रुस युक्रेन युद्धविरामको निकासा खोज्दै भेटवार्ता हुन लागेको हो । यसअघि पनि अमेरिकाको अलास्कामा दुई राष्ट्रपतिबिच भेटवार्ता भएको थियो । त्यतिवेला युद्धविरामबारे कुनै ठोस निर्णय हुन नसकेपछि पुन: दुई राष्ट्रपतिबिच भेट हुन लागेको हो । ट्रम्पको पहलमा २०२३ अक्टोबरदेखि जारी हमास-इजरायल युद्धविरामले पनि अब ट्रम्प पुटिन वार्तालाई निकै चासोका साथ हेरिएको छ ।
