इन्डोनेसियामा ज्वालामुखी विस्फोट

इन्डोनेसियामा हाल १२० वटाभन्दा बढी सक्रिय ज्वालामुखी रहेका छन् ।

आश्विन २९, २०८२

एजेन्सी

Volcanic eruption in Indonesia

काठमाडौँ — नेपाली समय अनुसार मंगलबार मध्यरातमा इन्डोनेसियामा माउन्ट लेवोटोबी लाकी-लाकी ज्वालामुखी विस्फोटपछि सरकारले सुरक्षा तयारी तीव्र पारेको छ ।

भूगर्भ विभागले ज्वालामुखी दुई पटक विस्फोट भएको र ६ देखि ७ किलोमिटर परसम्मका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको थियो ।

अलजजिराका अनुसार ज्वालामुखी विस्फोटपछि करिब १० किलोमिटर माथि आकाशसम्म खरानीका कणहरु उडेका थियो । सरकारले इन्डोनेसियाको पूर्वी फ्लोरेस टापुका बासिन्दालाइ सतर्क रहन अनुरोध गरेको छ ।

ज्वालामुखी र भौगर्भिक जोखिममा काम गर्ने सरकारी निकायले सर्वसाधरणलाइ नआत्तिन, सरकारी निर्देशन पालना गर्न र अपुष्ट हल्लाहरुलाइ विश्वास नगर्न अनुरोध गरेको छ । रोयटर्सका अनुसार ज्वालामुखी विस्फोट भएको पहाड नजिकका गाउँका स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत जुलाईमा पनि यही ज्वालामुखी विस्फोट भएको थियो । त्यतिबेला १८ किलोमिटर माथिसम्म खरानीका कणहरु उडेका कारण बाली टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू नै रद्द भएका थिए ।

इन्डोनेसियामा हाल १२० वटाभन्दा बढी सक्रिय ज्वालामुखी छन् । 

एजेन्सी

Link copied successfully