हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।
काठमाडौँ — दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले सात जना इजरायली बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) बुझाएको छ ।
हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।
यो सँगै बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यम अलजजिराले जनाएको छ ।
सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए । टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।
प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार हस्तान्तरण सुरु गरेको हो ।
सम्बन्धित समाचार
विपिनको अवस्था अझै अज्ञात, सेनाले सुरुङभित्र खोजिरहेको छ : राजदूत पण्डित*
