प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थन गर्दै लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

लन्डनको पार्लियामेन्ट स्क्वायरमा सयौंले प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्धको विरोधमा प्रदर्शन गरे, केहीले प्रहरीमाथि आक्रमणको प्रयास गरेको आरोप छ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Demonstrations in London in support of banned group 'Palestine Action', more than 425 arrested

काठमाडौँ — बेलायतमा ‘प्यालेस्टाइन एक्सन’ नामक एक समूहमाथि प्रतिबन्ध लगाइएको विरुद्धमा विरोध प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनका क्रममा ४२५ भन्दा बढीलाई पक्राउ गरेको छ ।

सेन्ट्रल लन्डनको पार्लियामेन्ट स्क्वायरमा जम्मा भएर सैयौं मानिसले उक्त प्रतिबन्धको विरोध गरे । कंयौं प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेका थिए । जसमा ‘म जनसंहारको विरोध गर्छु । म प्यालेस्टाइनको एक्सनको समर्थन गर्छु ।’

मेट्रोपोलिटन प्रहरीले पक्राउ गरिएकाहरु अधिकांश प्रतिबन्धित संगठनको समर्थन गर्नेहरु रहेको बताएको छ । २५ भन्दा धेरैले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए भने कैयौंले सार्वजनिक सम्पत्तिमाथि ढंगामुडा गरेको आरोप छ । 

सरकारले गत जुलाईमा आतंकवादविरुद्धको नियम अन्तर्गत प्यालेस्टिन एक्सन समूहमाथि प्रतिबन्ध लगाएको थियो । उक्त कानुनअनुसार उक्त संगठनको सदस्यता लिनु वा त्यसको समर्थन गर्नु अपराध हो । यदि यस्तो गरेको पाइएमा १४ वर्षसम्मको जेल सजायको कानुनी व्यवस्था छ । 

‘प्यालेस्टाइन एक्सन’ क्याम्पियन चलाउने समूह हो । यसका प्रवक्ताले प्रतिबन्धविरुद्ध प्रतिक्रिया दिँदै भनेका छन्, ‘प्रतिबन्धविरुद्ध तीव्र गतिमा विरोध बढीरहेको छ ।’ प्रदर्शनमा सैयौंको उपस्थितिले अब आफ्नो समूहविरुद्ध प्रतिबन्ध लगाउने असम्भव रहेको र यस्तो गर्नु संसाधनको बर्बादी मात्र भएको उनले टिप्पणी गरेका छन् ।

कान्तिपुर

Link copied successfully