२०२४ अक्टोबरमा पनि उनलाई सार्वजनिक निर्माण सम्झौता प्रदान गरेको बदलामा ब्राजिलको जायन्ट ओडेब्रेक्टबाट ३ करोड ५० लाख डलर घूस लिएकामा दोषी ठहर गर्दै २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो । अब उनले दुवै सजाय एकैसाथ भोग्नुपर्नेछ ।
What you should know
लिमा — पेरुको एक अदालतले पूर्वराष्ट्रपति अलेजान्द्रो टोलेडोलाई ‘मनी लाउन्ड्रिङ’ को आरोपमा १३ वर्ष ४ महिनाको जेल सजाय सुनाएको छ । व्यापक भ्रष्टाचार गरेको अभियोगमा उनलाई यसअघि पनि जेल सजाय तोकिएको अल जजिराले जनाएको छ ।
२०२४ अक्टोबरमा पनि उनलाई सार्वजनिक निर्माण सम्झौता प्रदान गरेको बदलामा ब्राजिलको जायन्ट ओडेब्रेक्टबाट ३ करोड ५० लाख डलर घूस लिएकामा दोषी ठहर गर्दै २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो । अब उनले दुवै सजाय एकैसाथ भोग्नुपर्नेछ ।
सन् २००१ देखि २००६ सम्म राष्ट्रपति रहेका टोलेडोलाई अचल सम्पत्ति हत्याउने गरी ओडेब्रेक्टबाट घूसको रकम प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजनकर्ताका अनुसार टोलेडो र उनकी श्रीमतीले ५१ लाख डलर लिमा नजिकैको अपस्केल घर र कार्यालय किन्न तथा अन्य दुई सम्पत्तिमा धितो तिर्न प्रयोग गरेका थिए । जसका लागि टोलेडोले अवैध रूपमा ‘मनी लाउन्ड्रिङ’ गर्न खोजेको अल जजिराको रिपोर्टमा उल्लेख छ ।
स्ट्यानफोर्ड युनिभर्सिटी र सान फ्रान्सिस्को युनिभर्सिटीबाट डिग्री हासिल गरेका ७९ वर्षीय अर्थशास्त्री टोलेडोले लिमा पुलिस बेसको जेलमा सजाय भोगिरहेका छन् । ११ वर्षअघि मोक्वेगुआ क्षेत्रका गभर्नर हुँदा घूस लिएको आरोपमा गत महिना जेल परेका पूर्वराष्ट्रपति मार्टिन विजकारालाई भने पेरुको उच्च अदालतले बुधबार रिहा गरेको अल जजिराले जनाएको छ । विजकाराको अभियोजनले १५ वर्षको सजायको माग गरेको थियो । निर्दोष सावित भएपछि उनले अब २०२६ मा फेरि राष्ट्रपति पदका लागि लड्ने योजना बनाएको बताए ।
