अफगानिस्तानको पूर्वी क्षेत्रमा राति गएको भूकम्पका कारण ११५ भन्दा बढी घाइते भएका छन्, उपचार नांगरहार र कुनार प्रान्तमा भइरहेको छ।
काठमाडौँ — अफगानिस्तानमा आइतबार मध्यराति आएको भूमकम्पमा परी २० भन्दा बढीको मृत्यु भएको छ ।
पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घाइतेहरुलाई नांगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । उक्त भूकम्पको झड्का पाकिस्तानको इस्लामावाद र एवटावादसम्म महशुस गरिएको थियो ।
पहिलो झड्कापछि लगातार अन्य पराकम्पहरु पनि आएका थिए । जसमा ४.७, ४.३ र ५ म्याग्निच्यूडका पराकम्पहरु महशुस गरिएको थियो ।
अफगानिस्तानमै सन् २०२३ अक्टुबर ७ मा आएको विनाशकारी भूकम्पमा परी ४ हजार मारिएका थिए । संयुक्त राष्ट्रसंघले भने १५ सय मारिएको पुष्टि गरेको थियो ।
