चिनियाँ राष्ट्रपतिले मोदीसँग भने, ‘ड्रागन र हात्ती एकै साथ आउनु महत्त्वपूर्ण’

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङले द्विपक्षीय बैठकमा छिमेकी मित्रताको महत्त्वमा जोड दिएका छन्।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Chinese president told Modi, 'Dragon and elephant coming together is important'

काठमाडौँ — चीनका राष्ट्रपति सी जिन पिङले भारत र चीन दुवै देश राम्रो छिमेकी रहिरहनु जरुरी रहेको बताएका छन् ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय बैठकमा भने, ‘ड्रागन र हात्ती एक साथ हुनु निकै जरुरी छ ।’

चिनियाँ राष्ट्रपतिले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ । चीन र भारत विश्वका सबैभन्दा प्राचीन सभ्यता हुन् । हामी दुवै विश्वका सबैभन्दा धेरै जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा पनि हौं ।’

उनले दुवै देश मित्र बनिराख्नु राम्रो हुने भन्दै राम्रो छिमेकी हुनु आवश्यक रहेको बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भारत र चीनबीचको सम्बन्धमा सकारात्मक दिशा प्राप्त भएको बताए । 

चीनको तियानजिनमा आजदेखि १ सेप्टेम्बरसम्म सांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)को बैठक जारी छ । यो बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुनेछन् ।

कान्तिपुर

Link copied successfully