गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको हमलापछि भाग्ने क्रममा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।
नाइजेरिया — नाइजेरियाको उत्तरी राज्य जाम्फारामा आइतबार भएको सामूहिक हिंसापछि भाग्ने क्रममा नदीमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहले गाउँहरूमा लुटपाट र आगजनी गर्नुका साथै फिरौतीका लागि अपहरण गरेर आतंक मच्चाउँदै आएका छन् ।
गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको हमलापछि भाग्ने क्रममा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । मृत्यु हुनेमा ८ महिला, ३ बालबालिका र ४ पुरुष छन् भने तीन जनाको उद्धार गरिएको छ । नाइजेरियाको आपत्कालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए ।
