राहुल गान्धीविरुद्ध उजुरी दिएका शिशिरलाई सुरक्षा उपलब्ध गराउन सरकारलाई उच्च अदालतको निर्देशन

उजुरी कर्ताले राहुल गान्धी बेलायती नागरिक रहेको र चुनाव लड्दा उनले यो तथ्य लुकाएको दाबी गरेका छन्।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

High Court directs government to provide security to Shishir, who filed a complaint against Rahul Gandhi

लखनऊ — भारतीय कंग्रेसका नेता राहुल गान्धीविरुद्ध उजुरी दर्ता गर्ने व्यक्तिलाई अदालतले व्यक्तिगत सुरक्षा दिन आदेश दिएको छ । 

इलाहाबाद उच्च अदालत लगनऊ इजलासले केन्द्र सरकारका नाममा राहुल थान्धीविरुद्ध उजुरी दिने व्यक्तिलाई तत्काल केन्द्रीय सशस्त्र प्रहरी बलका एक सुरक्षा अधिकारीलाई खटाउन निर्देशन दिएको हो । 

‘लाइभ ल’का अनुसार उजुरीकर्ताले कांग्रेस सांसद प्रियंका गान्धी र लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीविरुद्ध कैयौं विषयमा उजुरी दायर गरेकी र उनको नागरिकताका विषयमा प्रश्न गरेपछि आफूमाथि ज्यानको खतरा भएको उल्लेख गरेका छन् । 

यो आदेश न्यायाधीश संगीता चन्द्रा र बृजराज सिंहको इजलासले एस विग्नेश शिशिरको निवेदनमा सुनुवाइ गर्दै दिएको हो । शिशिरले राहुल गान्धीको नागरिकताको आधिकारिकतालाई लिएर इलाहाबाद उच्च अदालतमा जनहित निवेदन दायर गरेका छन् । 

उनले जुन २०२४ मा लगनऊमा सीबीआईको इस्पेशल क्राइम ब्रान्चमा राहिल गान्धीविरुद्ध उजुरी दिएका थिए । सीबीआईले उक्त उजुरीलाई पछि एन्टी करप्सन ब्रान्च नयाँ दिल्लीमा ट्रान्सफर गरेको थियो । 

उक्त उजुरीमा उनले राहुल गान्धी बेलायती नागरिक रहेको र चुनाव लड्दा गान्धीले यो तथ्य लुकाएको दाबी गरेका छन् ।

कान्तिपुर

Link copied successfully