महाराष्ट्रमा घर भत्किँदा १५ जनाको मृत्यु

पालघर जिल्लाको विजय नगर क्षेत्रमा चार तल्ले भवन ढल्दा बिहीबार थप तीन शव फेला परेका छन्।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

15 killed in house collapse in Maharashtra

काठमाडौँ — भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विरार क्षेत्रमा एक घर भत्किँदा १५ जनाको मृत्यु भएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार भग्नावशेषबाट बिहीबार थप तीन शव निकालिएको छ । बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा रहेको करिब यो चार तल्ले भवन ढलेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट अचानक भत्किएका थिए । 

बालिकाको जन्म दिन मनाउन आएका पाहुना र त्यहाँका धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए । पालघर जिल्लाका कलेक्टर डा.इन्दु रानी जाखरले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरिन् ।

कान्तिपुर

Link copied successfully