गाजामा अकाल देखाउने आईपीसीको रिपोर्ट सत्य नभएको नेतान्याहुको दाबी 

प्रधानमन्त्री नेतान्याहुले हमासले राहत सामग्री चोरी गरिरहेको र युद्धdf हतियार खरिदका लागि प्रयोग भइरहेको आरोप लगाएका छन्।

भाद्र ७, २०८२

एजेन्सी

Netanyahu's claim that the IPC report showing famine in Gaza is not true

जेरुसेलम — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इन्टीग्रेटेड फूड सिक्योरिटी फेज क्लासिफिकेशन (आईपीसी)को रिपोर्टलाई झुट बताएका छन् । 

आईपीसी रिपोर्टमा गाजा शहर र त्यस आसपासका क्षेत्रमा अकालको स्थिति रहेको बताइएको छ । आईपीसीले गाजामा अकालको स्तर गम्भीर र सबैभन्दा धेरै रहेको बताएको छ । 

प्रधानमन्त्री कार्यालयका तर्फबाट दिइएको वक्तव्यमा भनिकएको छ, ‘इजरायलको नीति भोकमरी होइन । बरु भोकमरी रोक्ने नीति छ ।’

उनले अक्टुबर २०२३ देखि अहिलेसम्म गाजापट्टीमा २० लाख सहायता पुर्‍याउन दिइएको बताएका छन् । जसको परिमाण हर एक व्यक्तिका लागि एक टनभन्दा बढी आउने उनको भनाइ छ । 

नेतान्याहुले गाजामा खाने पिउने वस्तुहरुको मूल्य इजरायलको सहयोग बढेकै कारण घटेको दाबीसमेत गरेका छन् । उनले आईपीसीको रिपोर्टमा यस्ता वस्तुहरुको मूल्य घटेको विषयलाई उल्लेख नगरिएको बताएका छन् । 

वक्तव्यमा भनिएको छ, ‘पछिल्ला सबै आईपीसी रिपोर्टजस्तै यस रिपोर्टले पनि इजरायलको मानवीय प्रयास र हमासद्वारा राहत चोरी गरिएको विषयलाई बेवास्ता गरिएको छ ।’

हमासले युद्ध प्रयोग हुने हतियार खरिदका लागि राहत सामग्री चोरी गर्दै आएको नेतान्याहुको भनाइ छ ।   

एजेन्सी

Link copied successfully