गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमत

हमासले मध्यस्थकर्ताको प्रस्ताव स्वीकार्दै ५० इजरायली बन्धकको रिहाईका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्, तर इजरायलले यस सम्बन्धमा कुनै आधिकारिक धारणा दिएको छैन।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Hamas agrees to a new proposal for a Gaza ceasefire and the release of Israeli hostages

काठमाडौँ — प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

प्यालेस्टिनी समूहको एक सूत्रले उक्त सहमतिको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिस्र र कतारद्वारा राखिएको यो प्रस्ताव गत जुनमा अमेरिकी दूत स्टिभ विटककले दिएको प्रस्तावको रुपरेखामा आधारित भएको बताइएको छ ।

यस योजना अनुसार पहिलो ६० दिनको युद्धविारम लागू हुनेछ । यसपछि हमाससँग रहेका ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गरिनेछ । यीमध्ये २० जना जिवित रहेको बताइएको छ । 

त्यसपछि थप युद्धविरामको कुराकानी अगाडि बढाइनेछ । यद्यपि यस विषयमा इजरायलका तर्फबाट कुनै आधिकारिक धारणा आइसकेको छैन । 

गत साता इजारायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकलाई रिहा गरेपछि मात्र आफूहरु कुनै सम्झौताका लागि तयार हुने बताएका थिए ।  

कान्तिपुर

Link copied successfully