ट्रम्पसँग वार्ताको पूर्वसन्ध्यामा रुसले आक्रमण गरेको भन्दै जंगिए जेलेन्स्की

यूक्रेनको दोस्रो ठूलो सहरमा रूसी आक्रमण, जेलेन्स्कीले पुटिनलाई दोष दिँदै युद्धविरामका लागि कूटनीतिक प्रयासको अपमान भएको बताएका छन्।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

On the eve of talks with Trump, Zelensky said that Russia attacked

What you should know

काठमाडौँ — शान्ति सम्झौता गर्ने कूटनीतिक दौडधुपबीच युक्रेनमाथि ड्रोन आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार सोमबार दक्षिण पूर्वी सहर जोपोरिजियामा आक्रमण गरेको हो । 

सोमबारको आक्रमणमा १७ जना घाइते भएका छन् । रुसले आइतबार साँझ पनि आक्रमण गरेको थियो ।  युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रूसीले ड्रोन आक्रमणमा गरेको हो । 

ड्रोन आक्रमणमा ६ जना सर्वसाधारणको मृत्यु भएको छ । अलजजिराले स्थानीय अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा ६ जना बालबालिकासहित २० जना घाइते भएको जनाएको छ । 

यसरी शान्ति सम्झौताबारे कूटनीतिक दौडधूप चलिरहँदा रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको विरोध गरेका छन् । 

सामाजिक सञ्जाल एक्समा रुसलाई वासिङ्टनमा वार्ता हुने थाहा हुँदाहुँदै पनि हमला गरेको भन्दै निन्दा गरेका छन् । उनले युद्धविरामका लागि बस्न लागेको कूटनीतिक बैठकको अपमान गरेको बताएका छन् । 

एकातिर वार्ता भन्ने अर्कोतिर बमबारी गर्दै सर्वसाधारणको जीवन लिने काम भइरहेको जेलेन्स्कीको भनाइ छ । ‘पुटिनले युक्रेन र युरोपमा दबाब कायम राख्न र कूटनीतिक प्रयासहरूलाई अपमानित गर्न हत्या गर्दैछन्,’ उनले लेखेका छन्, ‘ त्यसैले भरपर्दो सुरक्षा ग्यारेन्टी आवश्यक छ । त्यसैले यस युद्धमा भाग लिएकोमा रुसलाई पुरस्कृत गर्नु हुँदैन ।’

सोमबार अमेरिकाको वासिङ्टनमा स्थानीय समयअनुसार १ बजे (नेपाली समय आज मध्यरात १२:४५)मा ट्रम्प र जेलेन्स्की भेट्दैछन् । सो भेटमा आधा दर्जनभन्दा बढी युरोपेली नेता पनि जाँदैछन् । 

बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सका प्रधानमन्त्री इम्मानुएल म्याक्रों र फिनल्यान्डका प्रधानमन्त्री एलेक्जेन्डर स्टबसमेत बैठकमा सहभागी छन् । 

उनीहरूसँगै जर्मनका चान्सलर फ्रेडरिक मेर्ज, नेटोका महिसचिव मार्क रुट र युरोपेली कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बैठकमा सहभागी हुने बीबीसीले जनाएको छ । उनीहरूसँग ट्रम्पले स्थानीय समयअनुसार ३ बजे भेट्दैछन् ।  

कान्तिपुर

Link copied successfully