जनरल मिनले चुनाव 'स्वतन्त्र र निष्पक्ष' हुने दाबी गरेका छन् । तर अन्तर्राष्ट्रिय समुदायले भने सेनाले गराउने चुनाव निष्पक्ष हुनै नसक्ने बताउँदै आएका छन् ।
काठमाडौँ — म्यानमारमा सैन्य 'कु'पछि सेना प्रमुखले आम चुनावको घोषणा गरेका छन् । सेना प्रमुख जनरल मिन आङ ह्लाइङले डिसेम्बर २८ मा आम चुनाव हुने घोषणा गरेका हुन् ।
सन् २०२१ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा पहिलो पटक चुनाव हुन लागेको हो । सेनाले सत्ता हातमा लिएसँगै संकटकालसमेत लगाएको थियो । साथै सेनाले तत्कालीन राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गरेको थियो ।
जनरल मिनले चुनाव 'स्वतन्त्र र निष्पक्ष' हुने दाबी गरेका छन् । तर अन्तर्राष्ट्रिय समुदायले भने सेनाले गराउने चुनाव निष्पक्ष हुनै नसक्ने बताउँदै आएका छन् । सन् २०२१ पछि म्यानमारमा दिनहुँजसो सेना र जातीय सशस्त्र समूहबीच संघर्ष चलिरहेको छ । केही समूहले सेनाले आह्वान गरेको चुनाव हुन नदिनेसमेत चेतावनी दिएका छन् ।
सम्बन्धित समाचार
