आसिम मुनिरपछि पाकिस्तानी प्रधानमन्त्रीले पनि दिए भारतलाई धम्की

भारतको सिन्धु जल सम्झौताबारे पाकिस्तानी प्रधानमन्त्रीले पानी बन्द गरे भारतले पछुताउनुपर्ने अवस्था निम्त्याइदिने चेतावनी दिएका छन्।

श्रावण २८, २०८२

एजेन्सी

After Asim Munir, the Prime Minister of Pakistan also threatened India

काठमाडौँ — पाकिस्तानी सेनाका प्रमुख आसिम मुनिरले केही दिनअघि भारतमा परमाणु आक्रमणको धम्की दिएको केही दिनपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि धम्की दिएका छन् ।

पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित एक समारोहमा उनले पानी बन्द गर्ने धम्की दिने भारतले पाकिस्तानबाट एक थोपा पनि पानी लिन नसक्ने चेतावनी दिएका हुन् । 

उनले भने, ‘म दुश्मनलाई यो भन्न चाहन्छु कि तिमी हाम्रो पानी बन्द गर्ने धम्की दिन्छौ भने यो कुरा याद राख्नु कि पाकिस्तानको एक थोपा पानी पनि लिन सक्नेछैनौं ।’

यस्तै उनले यस्ता धम्कीहरु फेरि आए राम्रो नहुने भारतलाई चेतावनी दिए । धम्कीपूर्ण भाषामा शरीफले भने, ‘यदि यस्तो धम्की र व्यवहार फेरि देखायौ भने हामी फेरि तिमीलाई सबक सिकाउनेछौं कि तिमी आफ्नो कान आफैं पक्रिनेछौं ।’

भारतले २३ अप्रिलमा जम्मू–कश्मिरको पहलगाममा आतंकवादीद्वारा नाम र धर्म सोधेर हिन्दू पर्यटकको हत्यापछि उक्त घटनाको डिजाइन पाकिस्तानले गरेको भन्दै सिन्धु जल सम्झौता रद्द गरेको छ । यसअघि मुनिरले भारतले पानी बन्द गरे परमाणु बम हानेर बाँध नै भत्काइदिने चेतावनी दिउका थिए । भारतले हाल कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी

Link copied successfully