युक्रेनी सेनाले बेजसालिभकालाई रुसी सेनाबाट ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ ।
किभ — युक्रेनको सेनाले आइतबार रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ ।
युक्रेनी सेनाले बेजसालिभकालाई रुसी सेनाबाट ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ । उक्त पोस्टमा युक्रेनी हमलामा १८ रुसी सैनिक ‘मारिएको’ दाबी पनि गरिएको छ । उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँ दुई देशका सेनाबीच भइरहेको मुख्य लडाइँ क्षेत्रबाट मात्र करिब २० किलोमिटर (१३ माइल) पश्चिममा पर्छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमाथि हमला गरेको रुसले युक्रेनी सेनाबाट कुर्स्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलदेखि सुमी क्षेत्र लक्षित हमला थालेको हो । रुसी सेना हाल सुमीको क्षेत्रीय राजधानीबाट करिब २० किलोमिटर टाढा छ । सुमीको क्षेत्रीय राजधानी बारम्बार गोलाबारीको निशाना बन्दै आएको छ । रुसी हमलाको मुख्य केन्द्र पूर्वी युक्रेनमा छ, जहाँ रुसले पछिल्लो महिनायता विभिन्न भूभाग कब्जा गरिरहेको दाबी गर्छ ।
