गाजा नियन्त्रणको निर्णयविरुद्ध बढ्दो दबाबलाई इजरायलद्वारा खारेज

इजरायलका रक्षामन्त्री इजरायल कात्जले इजरायलको निन्दा र प्रतिबन्धको धम्कीले आतंकवादविरुद्धको संकल्प कमजोर नपार्ने बताएका छन्।

श्रावण २४, २०८२

एजेन्सी

Israel dismisses growing pressure against decision to control Gaza

काठमाडौँ — गाजा शहर नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयलाई लिएर विश्वभर भइरहेको आलोचनालाई इजरायलले खारेज गरेको छ । 

इजरायलका रक्षामन्त्री इजरायल कात्जले कुनै पनि देशद्वारा इजरायलको निन्दा गर्ने, प्रतिबन्धको धम्की दिने कार्यले आतंकवादविरुद्धको संकल्पलाई कमजोर पार्न नसक्ने बताएका छन् । 

उनले भनेका छन्, ‘हाम्रो शत्रु हामीलाई मजबुद र एकजुट मुट्ठीका रुपमा पाउनेछ, जसले उनीहरुविरुद्ध शक्तिशाली आक्रमण गर्नेछ ।’

गाजा शहरमा पूर्ण नियन्त्रण गर्ने इजरायलको निर्णयलाई लिएर यतिबेला विश्वभर आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स र क्यानडासहित कैयौं देशले निन्दा गरेका छन् । जर्मनीले इजरायलमा सैन्य सहयोग रोक्ने चेतावनीसमेत दिएको छ । 

शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने योजनामा अनुमति दिएको थियो । यसका साथै मुख्य पाँच बिन्दु पनि निर्धारित गरिएको  छ । 

एजेन्सी

Link copied successfully