मलेसियामा ५८ प्रतिशत मानिसले किनमेलमा एआई प्रयोग गर्दै

आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दै आएका छन् ।

श्रावण २३, २०८२

सिन्ह्वा

58 percent of people in Malaysia use AI for shopping

क्वालालम्पुर — मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् ।

हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धिमत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो ।

आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्दै आएका छन् ।

सर्वेक्षणले  मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धिमत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् ।

त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धिमत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, 'हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौं । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ– जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।'

सिन्ह्वा

Link copied successfully