म्यान्माका कार्यवाहक राष्ट्रपति स्वेको निधन

उनी मार्च २०१६ देखि उपराष्ट्रपति नियुक्त भएका थिए । विगत एक वर्षदेखि स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनी सबै जिम्मेवारी त्यागेर बसेका थिए ।

श्रावण २२, २०८२

एजेन्सी

Myanmar's Acting President Sue Dies

यांगुन — म्यान्माका कार्यवाहक राष्ट्रपति मिन्ट स्वेको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको छ । म्यान्माको सेनाले ‘कू’ मार्फत आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि उपराष्ट्रपति स्वेलाई २०२१ मा म्यान्माको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो ।

उनी मार्च २०१६ देखि उपराष्ट्रपति नियुक्त भएका थिए । विगत एक वर्षदेखि स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनी सबै जिम्मेवारी त्यागेर बसेका थिए ।

‘कू’ गरिएपछि म्यान्माको शासन सत्ता विद्रोही जुन्ता नेता मिन आङ ह्लाइङले हत्याएका थिए । तर ह्लाइङलाई गत जुलाईमा पार्किन्सन रोग लागेपछि स्वेलाई औपचारिक रूपमा ‘कार्यवाहक राष्ट्रपति’ नियुक्त गरिएको थियो । ‘राष्ट्रपति यू मिन्ट स्वेको आज बिहान ८:२८ मा निधन भयो’, म्यान्माको सेनाले बिहबिार वक्तव्य जारी गर्दै भनेको छ । स्वेको राजधानी नेपिडोको एक अस्पतालमा मृत्यु भएको हो । कार्यवाहक राष्ट्रपति स्वेको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने सेनाले जनाएको छ ।

राज्यद्वारा सञ्चालित ग्लोबल न्यु लाइट अफ म्यानमार पत्रिकाले बुधबार स्वेमा ‘तौल घट्ने, भोक नलाग्ने र ज्वरो देखिएपछि सघन उपचारका लागि अस्पताल भर्ना गरिएको’ बताएको थियो । स्वे यसअघि सुकीको सरकार छँदा उपराष्ट्रपति थिए ।

एजेन्सी

Link copied successfully