गलवान झडपपछि मोदी पहिलो पटक चीन जाने

एससीओ शिखर सम्मेलनमा सहभागी हुने

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Modi will visit China for the first time after the Galwan clash

What you should know

काठमाडौँ — भारतीय प्रधानमन्त्री मोदी प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । भारतीय सञ्चामाध्यमहरुका अनुसार अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तियानजिन सहरमा हुने संघाई शिखर सम्मेलन (एससीओ) मा सहभागी हुन मोदी चीन लागेका हुन् ।

सन् २०२० मा भएको गलवान झडपपछि मोदीको यो पहिलो बेइजिङ भ्रमण हुनेछ । सन् २०२० मा पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । झडपमा २० भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि दुवै मुलुकबीचको सम्बन्धमा चिसोपन आएको थियो ।

मोदीले २३ अक्टोबर २०२४ मा रूसको कजान भएको ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए । दुवैबीच साइडलाइन भेट भएको थियो । लद्दाख झडपको पाँच वर्षपछि मोदी र सीबीच भएको त्यो पहिलो औपचारिक भेट थियो । उक्त भेटपछि दुई छिमेकीबीच सम्बन्ध सुधारको प्रयास सुरु भएको थियो । लगत्तै दुवै पक्षले लद्दाखका दुई मुख्य क्षेत्र डेप्साङ र डेमचोकमा सेना फिर्ता बोलाउने योजना घोषणा गरेका थिए ।

गत जुलाईको अन्तिम साता एससीओको विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर चीन पुगेका थिए । गलवान झडपपछि भारतीय विदेशमन्त्रीको पनि त्यो पहिलो बेइजिङ भ्रमण थियो । त्यसक्रममा जयशंकरले चिनियाँ समकक्षीका अतिरिक्त रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गरेका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहको चीन भ्रमणको अर्को महिना जयशंकरको बेइजिङ पुगेका थिए । सिंह चीनकै किङदाओमा जेठमा एससीओका रक्षामन्त्रीहरूको बैठकमा सहभागी भएका थिए । भारतीय रक्षामन्त्री सिंहले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बैठक संयुक्त वक्तव्यबिना नै सम्पन्न भएको थियो । तर, दुवै देशले सम्बन्धको प्रयासलाई भने जारी राखेका थिए । यसबीच चीनले भारतीय नागरिकका लागि मानसरोवर यात्रासमेत खुला गरेको छ । गलवान झडप र कोरोना महामारीका कारण देखाएर चीनले भारतीय नागरिकका लागि मानसरोवार यात्रामा रोक लगाएको थियो ।

कान्तिपुर

Link copied successfully