ट्रम्पको धम्कीका बीच भारतीय राजदूतले भेटे रुसी उप–रक्षामन्त्री फोमिनसँग

रणनीतिक साझेदारीको भावना अन्तर्गत आपसी सहयोगलाई अझ मजबुद बनाउने अपेक्षा राखिएको छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Amid Trump's threats, Indian ambassador meets Russian Deputy Defense Minister Fomin

काठमाडौँ — रुसका लागि भारतीय राजदूत विनय कुरमारले रुसी उपरक्षामन्त्री जनरल अलेक्जेन्डर फोमिनसँग भेटघाट गरेका छन् ।

द्विपक्षीय रक्षा सहयोगलाई बढाउनका लागि भेटका क्रममा दुवै पक्षले आ–आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

रुसी रक्षा मन्त्रालयले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘भारतीय राजदूतले अन्तर्राष्ट्रिय रक्षा सहयोगका प्रभारी जनरल फोमिनसँग भेट गर्नुभयो । यो भेटमा पारम्परिक सम्बन्ध र मैत्रीपूर्ण माहोलमा भयो ।’

मन्त्रालयले दुवै पक्षका बीचमा रक्षा क्षेत्रमा आपसी सहयोगसँग जोडिएका प्रासंगिक मुद्दाहरुमा विस्तारपूर्ण चर्चा भएको बताएको छ । यसै क्रममा रणनीतिक साझेदारीको भावना अन्तर्गत आपसी सहयोगलाई अझ मजबुद बनाउने अपेक्षा राखिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद गरेकोमा आगामी २४ घण्टाभित्र अतिरिक्त कर लगाउने धम्की दिएका बेला यो भेट भएको हो । यसै कारण पनि यो भेटलाई निकै चासोका साथ हेरिएको छ । 

कान्तिपुर

Link copied successfully