ट्रम्पको धम्कीमा भारतको जवाफ : अमेरिका आफैं रुससँग व्यापार गरिरहेको छ

भारतले रुससँगको तेल व्यापारमा आफ्नो निर्णयलाई उचित ठहर्‍याउँदै ट्रम्पको आलोचनालाई खारेज गरेको छ।

श्रावण २०, २०८२

एजेन्सी

India's response to Trump's threats: America itself is doing business with Russia

What you should know

काठमाडौँ — भारतविरुद्ध लगातार निशाना साँधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत सरकारले जवाफ दिएको छ । सोमबार ट्रम्पले भारतमाथि अझ धेरै कर लगाउने धम्की दिएका थिए । त्यसको जवाफमा भारतले मध्यराति प्रतिक्रिया दिएको हो । 

भारतीय विदेश मन्त्रालयले यस्तो प्रकारको धम्की अनुचित र तर्कहिन बताएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका अहिले पनि रुससँग परमाणु उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, इलेक्ट्रिक सवारी उद्योगका लागि पेडेलियम, उर्वरक र रसायन आयायत गरिरहेको छ ।’

ट्रम्पले सोमबार सोसल मिडिया प्लेटफर्ममा लेखेका थिए, ‘रुसको युद्ध मेसिनले यक्रेनमा कति मानिस मरिरहेका छन् भन्ने कुरा भारतले बेवास्ता गर्दै आएको छ । यसकारण भारतमाथि अतिरिक्त कर लगाउने तयारी गरिरहेको छु ।’

रुसी तेल खरिदकर्तामध्ये भारत सबैभन्दा ठूलो हो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि यूरोपियन देशले व्यापार घटाएका थिए । त्यसयता रुसका लागि भारत एक महत्त्वपूर्ण बजार बनेको छ । 

व्हाइट हाउसका डिप्टी चिफ स्टीफन मिलरले फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तेल खरिद गरेर रुसलाई युक्रेन विरुद्ध आर्थिक सहायता दिनु भारतको कदम स्वीकार्य छैन ।’

ट्रम्पले कति प्रतिशत कर बढाउने भन्ने चाहिँ स्पष्ट पारेका छैनन् । ट्रम्पको धम्की केही दिनअघि भारतविरुद्ध २५ प्रतिशत कर लगाएका समयमा आएको छ । 

भारतको विदेश मन्त्रालयले ट्रम्पको आलोचना खारेज गर्दै अमेरिका र यूरोपियन देशहरुले आफैं पनि रुससँग व्यापार जारी राखेको बताएको छ । गत वर्ष अमेरिकाले कडा प्रतिबन्धका बावजुद पनि रुसकसँग ३.५ अर्ब डलरको व्यापार गरेको थियो । 

युक्रेनमा संघर्ष सुरु भययता अमेरिका र यूरोपियन संघ भारतलाई रुससँग तेल खरिद गरेकोमा निशाना बनाउँदै आएको मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले भनेको छ, ‘वास्तवमा भारतले रुससँग यसकारण तेल आयात सुरु गरेको हो, संघर्षपछि पारम्परिक सप्लाई यूरोपतर्फ मोडिएको थियो । त्यसबेला अमेरिका आफैंले पनि बजारमा तेलको स्थिरता मजबुद बनाइराख्नका लागि भारतलाई प्रोत्साहन गरेको थियो ।’

भारतले आफ्ना उपभोक्ताका लागि सस्तो र स्थिर ऊर्जा उपलब्ध गराउनका लागि आयात गरिरहेको जवाफ दिएको छ । ‘यो वैश्विक बजारको अवस्थाको बाध्यता हो । तर जो भारतको आलोचना गरिरहेका छन्, उनी आफैं रुससँग व्यापार गरिरहेका छन् ।’

भारतले कुनै पनि ठूलो अर्थव्यवस्था जस्तै भारत आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षाका लागि सबै जरुरी कदम उठाउन सक्ने चेतावनीसमेत दिएको छ । भारतीय विदेशमन्त्री यस जयशंकरले भनेका छन्, ‘हामी जटिल र अनिश्चित समयमा बाँचिरहेका छौं । हाम्रो सामूहिक इच्छा एक न्यायापूर्ण र प्रतिनिधि वैश्विक व्यवस्था देख्नु हो, न कि कुनै देशको दबदबा ।’

एजेन्सी

Link copied successfully