एप्स्टिन फाइल के हो ? राष्ट्रपति ट्रम्प यस विषयमा किन बोल्न खोजिरहेका छैनन् ?

अमेरिकी राजनीतिमा यतिबेला एप्स्टिन फाइल चर्चा र बहसको केन्द्रमा छ । एप्स्टिन फाइल के हो ? यो फाइल सार्वजिनक गर्नुपर्ने विषय किन उठिरहेको छ ? के यो फाइल सार्वजनिक भएमा राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पद संकटमा पर्नेछ ? एप्स्टिन फाइलबारे बुझ्नैपर्ने ५ तथ्य के हुन् ?

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

What is an Epstein file? Why is President Trump not trying to talk about this?

What you should know

काठमाडौँ — यौन अपराध र बाल यौन दूराचारजस्ता क्रियाकलापमा मुछिएका अनि थुनामै रहस्यमय मृत्यु भएका जेफ्री एडवार्ड एप्स्टिनबारे यतिबेला अमेरिकी संचारमाध्यमहरूका अनेकन समाचार र टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।

अमेरिकी अर्बपतिदेखि शीर्ष नेताहरूसँग नजिकको बसउठको सम्बन्ध बनाएका एप्स्टिनको विषय किन राजनीतिमा जोडियो? र किन यस विषयमा बोल्न र छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ढ ट्रम्प समेत आनाकानी गर्दैछन् त ? यो विषयलाई सरल रुपमा प्रश्नोत्तर शैलीमा बुझाउन इकान्तिपुरले ५ बुँदे ब्रिफिङ तयार पारेको छ ।

What is an Epstein file? Why is President Trump not trying to talk about this?

कान्तिपुर

Link copied successfully