भारतमा पूर्व प्रधानमन्त्रीका नाती तथा जेडीएसका सांसद रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैद

५० भन्दा बढी महिलामाथि यौन उत्पीडनको आरोप खेपिरहेका रेवन्नालाई अदालतले पहिलो मुद्दामा दोषी ठहर गर्दै आर्थिक दण्ड सुनाएको छ।

श्रावण १९, २०८२

एजेन्सी

Former Prime Minister's grandson and JD(S) MP Revanna sentenced to life imprisonment in rape case

काठमाडौँ — बेंगलुरुको विशेष अदालतले शनिबार पूर्व जेडीएस सांसद तथा पूर्व प्रधानमन्त्री एजडी देवगौडाका नाती प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय सुनाएको छ । 

अदालतले प्रज्वलविरुद्ध १० लाख भारतीय रुपैयाँ जरिवानासमेत गरेको छ । साथै पीडितलाई ७ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ । शुक्रबार अदालतले रेवन्नालाई दोषी ठहर्‍याएको थियो ।

रेवन्नाले अदालतमा कम सजाय माग गर्दै आफूले कुनै गलत नगरेको दाबी गरेका थिए । रेवन्नाको रिवरामा काम गर्दै आएकी ४७ वर्षीया महिलाले गत वर्षको अप्रिलमा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । 

जसमा २०२१ देखि कैयौंपटक बलात्कार गरेको र कसैलाई भनेमा अश्लिल भिडियोहरु लिक गरिदिने धम्की दिएको रेवन्नामाथि आरोप थियो । अदालतले १८ जुलाईमा यस मुद्दाको सुनुवाई गरेको थियो । रेवन्नाविरुद्ध बलात्कार, कुदृष्टि, अपराधिक धम्की र अश्लित तस्बिर लिकसहित कैयौं धाराअन्तर्गत आरोप तय गरिएको थियो । उनीविरुद्ध चारवटा बलात्कारमा मुद्दा दायर थिए । जसमध्ये उनलाई दोषी ठहर्‍याइएको यो पहिलो मुद्दा हो । 

गत वर्ष प्रज्वल रेवन्नाको नाम कर्नाटक सेक्स स्क्यान्डलमा मुछिएपछि चर्चामा आएको थियो । उनीविरुद्ध ५० भन्दा बढी महिलामाथि यौन उत्पीडनको आरोप छ । गत वर्ष नै सामाजिक सञ्जालमा रेवन्नाका २ हजार भन्दा अधिक अश्लिल भिडियो क्लीप्सहरु आएका थिए । 

बलात्कारको मुद्दा दायर भएपछि जेडीएसले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो । 

एजेन्सी

Link copied successfully