आन्ध्र प्रदेशमा खानी दुर्घटना हुँदा ६ कामदारको मृत्यु

दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिसा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

श्रावण १९, २०८२

एजेन्सी

6 workers killed in mining accident in Andhra Pradesh

नयाँदिल्ली — भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको बापाट्ला जिल्लामा खानीमा काम गर्ने क्रममा शुक्रबार साँझ भएको दुर्घटनामा ६ जना कामदारको ज्यान गएको पुष्टि गरिएको छ । घटनामा १० जना कामदार घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खानीमा ढुंगा निकाल्ने कार्य भइरहेका बेला एक ठूलो चट्टान खस्दा केही कामदारहरू गेग्य्रानमुनि पुरिएको जनाइएको छ । घटनाका बेला करिब १६ जना कामदार खानी क्षेत्रमा कार्यरत थिए । उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालित भई जीवितहरूको खोज तथा उद्धार कार्यमा सक्रिय भएको थियो । घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिसा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । यस दुःखद घटनाप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूबाट प्रभावकारी सुरक्षा उपायको माग उठ्न थालेको छ ।

एजेन्सी

Link copied successfully