हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

6 people died in stampede at Mansadevi temple in Haridwar

काठमाडौँ — उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्दिरमा ठूलो भीड जम्मा भएका बेला अकस्मात भागदौड हुँदा ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

भागदौडबाट निस्किएका श्रद्धालुका अनुसार आइतबार भएका कारण मन्दिर परिसर श्रद्धालुको भीड थियो । वरिष्ठ प्रहरी अधीक्षकले घटना मनसादेवी मन्दिरभन्दा एक सय मिटर अगाडिको सिँढीमा भएको हो । 

घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । भीडमा बिजुलीको तार चुँडिएर करेन्ट फैलिएको अफवाहका कारण भागदौड मच्चिएको बताइएको छ । मर्नेमध्ये एक बालकसमेत छन् ।

कान्तिपुर

Link copied successfully