थाइल्यान्ड र कम्बोडियाका सैनिकबीच गोलाबारी

श्रावण ८, २०८२

एजेन्सी

Firefight between Thai and Cambodian soldiers

थाइल्यान्ड — थाइल्यान्ड–कम्बोडियाका सैनिकले एक अर्काविरुद्ध गोलाबारी गरेका छन् । बिहीबार बिहानैदेखि दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको आरोप लगाएका छन् । 

एकदिनअघि मात्र सीमामा एक ल्यान्डमाइन विस्फोटमा एक थाइ सैनिक घाइते भएपछि बिहीबार दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । 

बुधबारको घटनापछि थाइल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । थाइ सेनाले आफ्ना दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ । 

थाइ दूतावासले सीमामा संघर्षका बीच आफ्ना नागरिकलाई कम्बोडिया छाड्न अपील गरेको छ । थाइल्यान्डको शिक्षा मन्त्रालयले थाइल्यान्डको सुरीन प्रान्तमा विवादित सीमा नजिकका सबै विद्यालय बन्द गरेको छ । 

एजेन्सी

Link copied successfully