कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २ सय मिलियन डलर भुक्तान गर्ने

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Columbia University to pay $200 million to Trump administration

काठमाडौँ — कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २ सय मिलियन अमेरिकी डलर करिब २७ अर्ब ५५ करोड नेपाली रुपैयाँ भुक्तान गर्ने सहमति गरेको छ । 

विश्वविद्यालयले त्यहाँ अध्ययनरत यहुदी विद्यार्थीको सुरक्षा गर्न विफल रहेको आरोपमा उक्त रकम भुक्तान गर्न लागेको हो । 

यो सम्झौता राशी संघीय सरकारलाई तीन वर्षको अविधमा दिइनेछ । विश्वविद्यालयले एक वक्तव्य जारी गर्दै यो घोषणा गरेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् पुष्टिसमेत गरेका छन् । 

जसको बदलामा गत मार्चमा ट्रम्प प्रशासनले रोकेको ४ सय मिलियन अमेरिकी डलरको अनुदान राशीमध्ये केही फिर्ता दिनेबारे सहमति भएको हो । ट्रम्प प्रशासनले निशाना साँधेको पहिलो विश्वविद्यालय कोलम्बिया हो । 

गत वर्ष न्यूयोर्क क्याम्पसमा भएको विरोध प्रदर्शनमा यहुदी विरोधी घटना रोक्न असफल भएको विश्वविद्यालयमाथि आरोप छ । यद्यपि विश्वविद्यालयले पहिले नै अनुदानका विषयमा व्हाइट हाउसका केही शर्ताहरुमा सहमति जनाएको थियो ।

कान्तिपुर

Link copied successfully