ढाका विमान दुर्घटना : २२ जनाको मृत्यु, अधिकांश विद्यार्थी

श्रावण ६, २०८२

एजेन्सी

Dhaka plane crash: 22 dead, mostly students

What you should know

ढाका — बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् ।

यो घटना १९८४ मा बंगलादेशमा नै ४९ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनापछिको सबैभन्दा गम्भीर विमान दुर्घटना भएको बताइएको छ । 

चीनमा निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ बजेर ६ मिनेट जाँदा प्रशिक्षणका लागि उडेको केही समयमै ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजको खेलमैदानमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ सय ६९ जना भएका छन्, जसमध्ये ८३ जनाको उपचार भइरहेको छ ।

घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलले अथक प्रयास गरेका थिए । घटनाका प्रत्यक्षदर्शी एक विद्यार्थी सफिउर रहमान सफीले भने, ‘हामी खेलमैदानमा थियौं, अचानक ठूलो आवाज आयो, जमिन काप्यो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।’ 

मृतकको सम्झनामा बंगलादेश सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । मृतक विद्यार्थीहरूका परिवारजन अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् । 

एजेन्सी

Link copied successfully