बंगलादेशमा क्याम्पसमै खस्यो सेनाको विमान, कम्तीमा १९ जनाको मृत्यु

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Army plane crashes on campus in Bangladesh, at least 19 dead

What you should know

काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा बंगलादेशी वायु सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन क्याम्पस परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको हो । 

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार दुर्घटनामा कम्तीमा १ सय ६४ जना घाइते भएका छन् ।  स्थानीय समयअनुसार दिउँसो १:०६ मा उडेको उक्त विमान साढे १ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा उक्त विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरको समेत मृत्यु भएको छ ।

Army plane crashes on campus in Bangladesh, at least 19 deadसेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स(आईएसपीआर) का अनुसार प्रशिक्षणका क्रममा क्याम्पस परिसरमा जहाज दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूमा अधिकांश क्याम्पसका विद्यार्थी रहेका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । छुट्टी हुने बेलामा विमान खसेको माइलस्टोन क्याम्सका प्राध्यापकहरूले जनाएका छन् ।

उक्त जहाज दुर्घटनापछि बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मंगलबार सबै सरकारी, अर्धसरकारी, स्वायत्त संस्थान र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully