बंगलादेशमा सुरक्षाबल र हसिनाका समर्थकबीच झडप, चार जनाको मृत्यु

श्रावण १, २०८२

एजेन्सी

Clashes between security forces and Hasina's supporters in Bangladesh, four dead

बंगलादेश — बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीबुर रहमानको गृहमनगर गोपालगन्जमा बुधबार भएको हिंसात्मक झडपमा चार जना मारिएका छन् ।

छात्रहरुको नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टी (एनपीसी) को प्रदर्शनका क्रममा यो घटना भएको हो । मुजीब नामले चर्चित रहेका शेख मुजीबुरकी छोरी पूर्व प्रधानमन्त्री शेख हसिना हुन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको कार्यालयले गोपालगन्जमा कर्फ्यू लगाएको छ ।

गत वर्षको जुलाई–अगष्टमा छात्रहरुको नेतृत्वमा हिंस्रक आन्दोलन भएको थियो । आन्दोलन उग्र बन्दै गएपछि गत वर्षको ५ अगष्टमा हसिनाको सरकार अपदस्थ भयो । आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरुले गत फेब्रुअरीमा एनपीसी नामको राजनीतिक दल गठन गरेका थिए । 

स्थानीय मिडियाका अनुसार शेख मुजीबुर रहमानको गृहनगर हसिनाका समर्थक सैयौं प्रहरीसँग भिड्दा रणमैदान बनेको थियो । प्रहरीको आक्रमणमा चार जना मारिएका छन् । शवलाई अस्पताल पुर्‍याइएपछि चिकित्सकहरुले मर्नेहरुमा गोली लागेको बताएका छन् । अरु पनि गोली लागेर घाइते भएको र उनीहरुको उपचार भइरहेको छ । 

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गोपालगन्जमा कर्फ्यू लगाएका छन् । साथै एनसीपीमाथि आक्रमण गर्नेलाई सजाय दिनबाट पछि नहट्ने चेतावनी दिएका छन् । 

युनुसले एक्समा एक पोस्ट लेख्दै भनेका छन्, ‘शान्तिपूर्ण र्‍यालीका क्रममा एनसीपी सदस्य प्रहरी र मिडियामाथि आक्रमण गरियो ।’ उनले हिंसाका लागि हसिनाको अवामी लिग र यसको विद्यार्थी संगठनलाई जिम्मेवार मानेका छन् । 

एजेन्सी

Link copied successfully