अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

असार ३१, २०८२

एजेन्सी

Two Nepali students died in a car accident in America

लुजियाना — अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको थियो । दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो।

उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन् । घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा भएको दुर्घटनाबारे लुइसियाना राज्य प्रहरी टोली एफले अनुसन्धान गरिरहेको छ । मृतक दुवैजना नेपाली विद्यार्थीको नेपालस्थित पहिचान अहिलेसम्म खुलेको छैन ।

एजेन्सी

Link copied successfully