विमानमा आगो लागेपछि लन्डनको साउथेंड एयरपोर्ट बन्द

असार ३०, २०८२

एजेन्सी

London's Southend Airport closed after plane caught fire

लन्डन — लन्डनको साउथेंड एयरपोर्टमा एक सानो विमानमा आगो लागेपछि अघिल्लो आदेश नहुँदासम्मका लागि विमानस्थल बन्द गरिएको छ । 

आइतबार साउथेंड–अन–सी मा एक १२ मिटर लामो विमानमा आगो लागेको हो । अहिलेसम्म कुनै मानविय क्षतिको विवरण आइसकेको छैन । 

विमानस्थल प्रशासनले अर्को आदेश नहुँदासम्म उडानमा रोक लगाइएको छ र कुनै पनि अपडेटको जानकारी यात्रीलाई दिइनेछ । सोमबार यात्रा योजना बनाइरहेका मानिसलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न प्रशासनले भनेको छ ।

डच कम्पनी जेउस एभिएशनले दुर्घटनाग्रस्त विमान फ्लाइड एसयूजेटआई आफ्नो रहेको पुष्टि गरेको छ । कम्पनीले दुर्घटनाबारे अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

एजेन्सी

Link copied successfully